कानुन व्यवसायीले प्रहरी कुटेको भन्दै जिल्ला अदालतका कर्मचारीको विरोध
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा कानुन व्यवसायी लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई कुटपिट गरेको भन्दै जिल्ला अदालतका कर्मचारीले विरोध जनाएका छन् ।
कानुन व्यवसायी थापाले आपराधिक कार्य गरेको भन्दै मंगलबार काठमाडौँ जिल्ला अदालत कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट ध्यानाकर्षण पत्र जारी गर्दै घोर भर्त्सना गरिएको छ । साथै गल्ती र आपराधिक कार्यमा संलग्न थापा उपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ ।
अदालतका कर्मचारीहरूले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै वर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरञ्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौँ ।’
कर्मचारीहरूले घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन गरी अनुसन्धान बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छन् ।
यही असार २३ गते काठमाडौँ जिल्ला अदालतको गेट नम्बर ३ मा अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्रमा खटिएका प्रहरी जवान छिनाललाई कानुन व्यवसायी लक्ष्मी थापाले सिपाही भएर बढ्ता बोल्ने भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको आरोप छ ।
यता कानुन व्यवसायी थापाले भने प्रहरीले आफूलाई आक्रमण गरेको आरोप लगाएकी छन् ।
यसअघि २०८० असारमा ललितपुर जिल्ला अदालतकी सुब्बा प्रेमिका तामाङ र अभिवक्ता अमिर लामिछानेबिच विवाद भएको थियो । सो विवादले उत्कर्ष रूप लिएपछि बहस छोडेर कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
-
सभापति देउवासँग सहायक विदेशमन्त्री लूको भेट
-
बसर अल–असदले यूएईमा शरण लिएका हुन् ?
-
पत्रकारलाई कारबाहीको माग गर्दै मेयर राईले गृहमन्त्रीलाई लेख पत्र
-
धेरै फलफूल खानु हुन्छ ? शरीरलाई हुन सक्छन् यस्ता हानी
-
मालवस्तु चोभार सुक्खाबन्दरगाहमा ल्याउने आयातकर्ताका लागि तोकियो रुट