पहिराको जोखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो

उदयपुर । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ ।
४ दिनअघि गएको पहिराले तोरीबारीमा ४ घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए । पहिराले बगाएका चार परिवारका सदस्यलाई समेत सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उनले बताए ।
पहिरोका कारण अवरुद्ध दुई सडक सञ्चालन
पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडक बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ । मङ्गलबार त्रियुगा नगरपालिका–१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा