त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द
शनिबार, २९ असार २०८१, ११ : ०८
त्रिपुरा । भारतको त्रिपुरा राज्यको गण्डतविसामा कथित रूपमा भीडको कुटपिटबाट आदिवासी विद्यार्थीको मृत्यु भएपछि साम्प्रदायिक तनावको स्थिति सिर्जना भएको छ।
तनाव बढेपछि त्यहाँ धेरै घर र पसलमा आगजनी भएको छ । यस क्षेत्रमा धारा १४४ लगाइएको छ। यो क्षेत्र राज्यको धलाई जिल्लामा पर्छ।
यहाँ ५ दिनअघि मब लिन्चिङमा घाइते भएका आदिवासी विद्यार्थी परमेश्वर रेआङको मृत्यु भएको थियो । प्रशासनले शान्ति कायम राख्न २४ घण्टा इन्टरनेट सेवामा पनि रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षा
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ह्विप जारी
-
उपसभामुखबारे रास्वपा : ‘पर्ख र हेर’को रणनीतिमा
-
भारतले सेमीकन्डक्टर मिशन विस्तार गर्ने
-
गण्डकी प्रदेशसभामा दुई विधेयक पेस