नारायणी नदीमा फेला पर्यो एक शव, सिमलताल पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
शनिबार, २९ असार २०८१, १३ : ०५

चितवन । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको प्रहरीको भनाइ छ ।
शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमानका साथ प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवारले शवको शनाखत गरे पनि उनी कुन शिलसिलामा चितवन पुगेका थिए भन्ने खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?