भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी
शनिबार, २९ असार २०८१, १५ : ५२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याएको विशिष्ट योगदानको स्मरण गरेकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत सो कुराको स्मरण गरेकी हुन् ।
भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको समेत उनले बताएकी छन् ।
भण्डारीले आचार्यप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताइन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?