ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी
शनिबार, २९ असार २०८१, १९ : १८
मस्को । युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् । गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन् ।
यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ । यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ । दुईवटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन् ।
मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठुलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत
-
राजनीतिक कोर्स बदल्ने बेला आएको छ : प्रचण्ड
-
सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन् : अध्यक्ष सिंह
-
निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ : अर्थमन्त्री पौडेल
-
रविलाई भेटेपछि ज्ञानेन्द्रले भने, ‘मदिरा सेवन गरेका प्रहरीद्वारा रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ’
-
कर्णालीको दोस्रो जित, ‘लो–स्कोरिङ’ खेलमा विराटनगर स्तब्ध