भारतीय टोली पाकिस्तान नजाने खबर बीसीसीआई उपाध्यक्षले गरे खारेज
शनिबार, २९ असार २०८१, २१ : ५८
नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार गरेका छन् । शुक्लाले शनिबार बीसीसीआई वा सरकारले यसबारे हालसम्म कुनै निर्णय नगरेको बताए ।
द प्रिन्टसँगको टेलिफोन कुराकानीमा शुक्लाले यस्तो बताएका हुन् । केही समाचारले अर्को वर्ष फेब्रुअरीमा सुरु हुने यस प्रतियोगितामा भारतीय टोली सहभागी नहुने दाबी गरेका थिए । साथै, बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई भारतका खेलहरू तटस्थ स्थानमा राख्न आग्रह गरेको समाचारसमेत प्रकाशित भएका थिए ।
शुक्लाले ती समाचारलाई पनि अस्वीकार गरे । उनले भने, ‘यो जानकारी कुन स्रोतले दिएको हो मलाई थाहा छैन । बीसीसीआईले अहिलेसम्म आधिकारिक निर्णय दिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिके राउतकी पत्नी ‘शान्ति सुरक्षा’ को निवेदन लिएर प्रहरीमा
-
संविधान संशोधनमा स्थानीय तहका मुद्दाहरू
-
संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ : प्रधानमन्त्री
-
कन्सर्टको सुरक्षामा दरबारमार्गमा ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन
-
सरकार कमजोर र असहायको आड–भरोसा बन्नेतिर केन्द्रित छ : प्रधानमन्त्री
-
संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको छ : मुख्यमन्त्री लामा