बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले गरे हङ्गामा

काठमाडौँ । बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।
मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपनाकुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।
त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए ।
बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपनाकुमारीलाई बिहेका लागि मनाउन थाले । सपनाकुमारीले ‘लहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपनाकुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए । तर सपनाकुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् । त्यसपछि मामिला प्रहरीसम्म पुग्यो ।
प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल ग¥यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपनाकुमारीबिच विवाह सम्पन्न भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन