मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिवसँग छलफल

मङ्गलबार, ०१ साउन २०८१, १६ : २४
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । 

समितिले पूर्वमहालेखापरीक्षकतथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो । 

‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी   संकटलगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानुनी एवं व्यवहारिक अभ्यास र अनुभवको सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ’,सभापति सूर्य थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप