यो वर्षको शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१-०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ ।
पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ ।
त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ ।
अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा विज्ञापन आह्वान हुनेछ भने असोजमा परीक्षा हुनेछ ।
त्यस्तै निम्न माध्यमिक तहको हकमा भदौमा विज्ञानपन आह्वान हुनेछ भने कात्तिकमा परीक्षा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता