शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय

शुभकामनासहित राष्ट्रपतिद्वारा गृष्मकालीन पेरिस ओलम्पिक खेल्ने खेलाडीको बिदाइ

शुक्रबार, ०४ साउन २०८१, २१ : २२
शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरूलाई शुभकामनासहित विदाइ गरेका हुन् ।   

सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।  गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए । 

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए ।

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता थियो । ओलम्पिक जुलाइ २६ देखि सुरु हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप