आइतबार, २३ भदौ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न कांग्रेस- एमालेको ह्विप

शनिबार, ०५ साउन २०८१, २१ : ५१
शनिबार, ०५ साउन २०८१

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएका छन् । एमाले संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले  कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी भइरहेको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख डिल्लीबहादुर चौधरीले आइतबार बिहान कांग्रेस–एमालेको संयुक्त बैठक बसेर थप योजना बनाउने बताए ।  मुख्यमन्त्री महरा भने विश्वासको मत लिने वा राजीनामा दिने दुवै विकल्प प्रयोग गर्ने रणनीतिमा रहेको एक प्रदेशसभा सदस्यले रातोपाटीलाई बताए ।

आइतबार १ बजे लुम्बिनी प्रदेशसभाको २४ औँ बैठकमा मुख्यमन्त्री महराले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले बताए ।

लुम्बिनीमा महरा  चैत २३ गते एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटी ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकार सहयोगी एमालेका ५ जना मन्त्रीले असार २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ४४ भए पुग्छ। एमालेका २९ र कांग्रेसका २७ जना गरी ५६ जना सांसद छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री महरासँग अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा गरी १३ सांसद छन्। सोही अकं गणितको आधारमा  एमाले कांग्रेसले नयाँ  सरकारले बनाउने निश्चित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप