बीपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय शुभारम्भ (तस्बिरहरू)
_JKuhAl02IJ.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले बीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पुस्तकालय सुभारम्भ गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान पुस्तकालयको शुभारम्भ गरेका हुन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै