विश्वासको मतमाथिको छलफलको क्रममा समेत संसद्मा बसेनन् केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई महत्त्व नदिएको पाइएको छ । आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका हुन् ।
आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए । पुनले बोल्ने पुरा अवधिसम्म नआएका उनी त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने पालोमा पनि आएनन् ।
लिङ्देनले प्रधानमन्त्रीलाई बैठकमा नदेखेपछि व्यङ्ग्य गर्न भ्याइहाले । ‘प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला, बधाई दिन चाहन्छु’, उनले बैठकमा भने । उनले केपी ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा आफू खुसी हुने पनि बताए । उनले गएको चुनावमा तालमेल गरेको पनि स्मरण गरे । तर, विश्वासको मत भने आफूहरुले नदिने लिङ्देनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’