ट्राफिक र माइक्रो चालकबिच विवाद भएपछि सातदोवाटो क्षेत्रमा सडक अवरुद्ध
काठमाडौँ । ट्राफिक प्रहरी र माइक्रो चालकबिच विवाद हुँदा ललितपुरको सातदोवाटो क्षेत्रमा सडक अवरुद्ध भएको छ । लगनेखल–गोदावरी रुटमा चल्ने बा२ख २०७७ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा चालक र ट्राफिक प्रहरीबीच विवाद भएको हो ।
विवादको क्रममा ढुंगा प्रहार हुँदा ट्राफिक प्रहरी जवान सागर गिरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनलाई उपचारको लागि बि एण्ड बि अस्पतालमा भर्ना गरिएको छ ।
यातायात व्यवसायीले सातदोवाटोबाट गोदावरीतर्फ जाने सडकमा गाडी तेर्स्याएर बाटो अवरुद्ध गरेका छन् । घटनाबारे व्यवसायीहरूसँग छलफल भइरहेको एसपी सुवेदीले जानकारी दिए । उनले भने,‘हामी सडक सुचारु गर्ने प्रयास गरिरहेका छौँ ।’
प्रहरीले चेकजाँच गर्दा चालकले गाडी अघि बढाएसँगै ट्राफिक प्रहरी जवानले स्टेरिङ तानेपछि विवाद सुरु भएको थियो । ट्राफिकले तान्दा स्टेरिङको नट खुस्केको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने
-
सलमान खानको बुबालाई धम्की आएसँगै प्रहरीमा उजुरी
-
रुसी गोला बारुदको डिपो ध्वस्त पारेको युक्रेनको दाबी
-
संविधानमा समाजवाद : अन्योलमा सरकार र दलहरू
-
प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु