शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय

कटहरियाको सम्पूर्ण विद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

मङ्गलबार, ०८ साउन २०८१, १० : ४९
मङ्गलबार, ०८ साउन २०८१

रौतहट । रौतहटको कटहरिया स्थित  नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले तलब भत्ताको माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्।

नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलब र भत्ताको माग गर्दै ज्ञापन पत्र मार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९–०८० को वैशाखदेखि वैशाखदेखि असारसम्मको तलब र प्रति महिना दुई हजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएको प्राप्त गर्न सकेका छैनन् । 

सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले १५ दिन भित्र तलब निकासा नभएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्  । 

उनीहरुले आगामी भदौ २ गते देखि ३ गते सम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हातमा कालो पट्टी बाँधेर विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चित कालका लागि बन्द गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

कटहरिया स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी झन्डै ६० जना कार्यरत रहेका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झन्डै १ महिना अघि निलम्बित भएपछि नगरको जबाफदेहिता अन्योलमा परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप