ई स्पोर्टस संघद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक
काठमाडौँ । ई स्पोर्टस संघ नेपाल (ईशान) ले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । ई स्पोर्टस संघले आफ्नो वार्षिक क्यालेन्डरमा कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनासम्मलाई समावेश गरिएको छ ।
संघले आफ्नो वार्षिक कार्यक्रममा पब्जी, एमएल, डोटा, अनर अफ किङ्स, ई फुटबललगायतका घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखेको छ । केही समयअघि सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि नेपालको ई स्पोर्टस टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने जानकारी संघका अध्यक्ष अन्जन धमलाले दिए ।
‘कुनै पनि खेलको विकास र प्रवद्र्धनको मुख्य आधार भनेकै सम्बन्धित खेलको व्यवस्थित क्यालेन्डर हो । यहीं मर्मलाई आत्मसाथ गर्दै हामीले चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम तयार पारेका हौँ,’ वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै धमलाले भनेका छन् ।
उनले संघ स्थापनाको छोटो समयमै विभिन्न महत्वपूर्ण काम गरिसकिएको बताए । ‘तेस्रो महिनामै कर्णाली प्रदेशको सुर्खेतमा ई स्पोर्टसको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेका छौँ । सातदोबाटोस्थित अन्तराष्ट्रिय स्पोर्टस कम्प्लेक्स परिसरमा संघको केन्द्रिय कार्यालय पनि स्थापना गरेर सान्यालनमा ल्याएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकामा चुनाव : के राजपक्षे परिवार सत्तामा फर्कन सक्ला ?
-
घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ
-
डलर र पाउन्डको मूल्य उच्च, अन्य विदेशी मुद्राको कति ?
-
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना
-
दिल्लीमा नयाँ मुख्यमन्त्री आतिशीको शपथग्रहण आज
-
'एउटै नाउरको सिकार गर्न २३ लाख'