शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँमा भारी वर्षासँगै विष्णुमती नदीमा बाढी, ‘अलर्ट’ जारी

मङ्गलबार, ०८ साउन २०८१, २२ : ५१
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ । मंगलबार राति काठमाडौँमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ  ।

यससँगै सो क्षेत्रमा अलर्ट जारी भएको छ भने आसपासका क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा मेसेज पठाएर सचेत गराइएको छ । 

महाशाखाले जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूलाई भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप