भेनिस फिल्म फेस्टिभलमा नेपाली ‘पूजा सर’ प्रिमियर हुने
बुधबार, ०९ साउन २०८१, १० : २१

काठमाडौँ । फिल्म ‘पूजा सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्मकी अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल मार्फत प्रिमियरको जानकारी दिएकी हुन् ।
फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनौट भएको हो । यसअघि ‘राजागञ्ज’ र ‘स्काइ इज माइन’ नाम राखिएको फिल्मको अहिले ‘पूजा सर’ राखिएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् ।
नेपाल पुलिसकी एउटी सशक्त इन्स्पेक्टरको कथामा बनेको फिल्म पुलिस थ्रिलर जनरा बताइएको छ । जनकपुरमा छायाङ्कन भएको फिल्ममा सयौँ व्यक्तिको अभिनय छ ।
फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपती राईको अभिनय छ । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर