मण्डलामा नियमित ‘मेषी दण्ड’

काठमाडौँ । सन् २०२४ भित्र १४ नाटक मञ्चन गर्ने योजना बनाएको मण्डला थिएटरमा यतिबेला नाटक ‘मेषी दण्ड’ मञ्चन भइरहेको छ । गत शुक्रबारदेखि सुरु भएको नाटकको मञ्चन साउन २७ गतेसम्म चल्नेछ । नाटकका निर्देशक अनिल सुब्बा हुन् ।
गीलु रातोस लिखित नाटकमा डेढ शताब्दीअघिको हिमाली जिल्ला सोलुखुम्बुको खालिस राई समुदायले भोगेको कथालाई उतारिएको छ । नाटकमा आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेद उतारिएको छ । नाटकको निर्माता रिजन केसी हुन् ।
नाटक शनिबार बाहेक अन्य दिन बेलुकी पौने ६ बजे र शनिबार दिउँसो साढे १ बजे अतिरिक्त मञ्चन हुने मण्डलाले जनाएको छ । नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायत कलाकार अभिनयरत छन् ।
यसअघि मण्डलामा प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ मञ्चन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन