पत्रकारलाई बाहिर निकालेर प्रधानको सुनुवाइ
बुधबार, ०९ साउन २०८१, १४ : ३७

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा बुधबार सुनुवाइ भएको छ । समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् ।
‘मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन’, प्रधानले भने, ‘अदालतमा गएर प्रमाण दिन नसकेको स्वीकार गर्ने अनि कानुनी रूपमा कमजोर भएको विषयलाई सुनुवाइ हुन लागेपछि समितिमा दुरासय राखेर उजुरी दिएकाले तपाईहरूको विवेकमा छोडिदिन्छु ।’
बैठकमा प्रधानले आफ्नो कुरा राखिसकेपछि समितिमा रिपोर्टिङमा गएका पत्रकारहरूलाई बाहिर निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार