बैंकिङ्ग कसुरसम्बन्धी १२ वटा मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी एक दर्जन मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–२ घर भएका रामशरण बस्नेत छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनलाई २ दिन कैद र ६ लाख २४ हजार जरिवाना भएको फैसला कार्यान्वयन गराउन पक्राउ गरेका हुन् ।
काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट बस्ने ३६ वर्षका बस्नेतलाई नख्खुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । अदालतबाट फैसला भएका ८ वटा र चालु अवस्थाको ४ वटा मुद्दामा उनी फरार थिए ।
दीपक लामिछानेको जाहेरीले उच्च अदालत पाटनबाट फैसला भएको मुद्दामा उनीविरुद्ध २ दिन कैद र ४ लाख २४ हजार जरिवाना तथा क्षतिपूर्ति गराउने फैसला भएको छ । सो मुद्दामा उनी पक्राउ परेका हुन् ।
तर, उच्च अदालत पाटनले उनलाई ८ वटा मुद्दामा ३३ लाख ३१ हजार जरिवाना र १३ दिन कैद सजाय हुने फैसला गरेको भेटिएको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा थप ४ वटा मुद्दा दर्ता भएको भेटिएको एसएसपी भट्टराईले बताए । उनले भने– ‘फैसला कार्यान्वयन पछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाउँछौँ ।’
मुद्दा फैसला पछि उनी ठाउँ परिवर्तन गरेर लुकेर बसेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर भाष्कर चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी प्रो लिग : इत्तिफाकविरुद्व नासरको शानदार जित
-
छातीमा भइरहेको पीडा पुटुको रोगको इशारा पो हो कि ?
-
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
-
पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ
-
संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल
-
पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु