शुक्रबार, २८ भदौ २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्त, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०९ साउन २०८१, १७ : ३१
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाकै शव त्रिवि शिक्षण अस्पताल महारागन्जमा राखिएको छ । 

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले मृतकको पोस्टमार्टम तीन दिनसम्म जारी रहने बताए । शवको पोस्टमार्टमको कार्य छिटो गर्नका लागि आफू २४ सै घण्टा खटिने उनको भनाइ थियो । ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन’ प्रणालीबाट शव पोस्टमार्टम गरिने उनको भनाइ छ । 

शव पहिचानका लागि परिवारबाट व्यक्तिको होलिया पहिचान गर्न शरीरको निसान, कपडा, गहना लगायत विषय संकलन गरिने  र सोको आधारमा मृतकको पहिचान गरिने डा चौधरीले बताए । 

यसैबिच त्रिवि परिसरमा आफन्तहरूको भिड लागेको छ । आफन्तहरू भावविह्वल बन्दै शोकाकुल देखिन्थे । काठमाडौँबाट पोखराका लागि उडेको जहाज ‘टेक अफ’ भएको केहीबेरमै विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा मृत्यु भएकाहरु अधिकांश कर्मचारी रहेको बताइएको छ ।

sauryasaurya1saurya2saurya3saurya4saurya5saurya6saurya7saurya8saurya9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप