२९ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना
बिहीबार, १० साउन २०८१, ०८ : ०४
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो ।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कराँतेका कुशल श्रेष्ठ बने वर्षका सर्वोत्कृष्ट प्रशिक्षक
-
बक्यौता असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन
-
हेमन्त पाल बने वर्षको सर्वोत्कृष्ट युवा खेलाडी
-
भोटेकोसीमा गाडी खसेको आशङ्का, खोजीकार्य जारी
-
महिला कबड्डी टोली वर्षको उत्कृष्ट टीम घोषित
-
संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय