ताइवानमा नौ जना सवार जहाज डुब्यो

ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका नागरिक भएको बताइएको छ ।
उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य तीव्र पारेका छन् । ताइवान ताइफुको चपेटामा आउँदा जहाज दक्षिणी सहर काओसिङको बन्दरगाह नजिक थियो । यही ताइफुका कारण फिलिपिन्समा पनि लगातार पानी पर्दा करिब १ लाख ५० हजार लिटर औद्योगिक इन्धन बोकेको ट्याङ्कर डुबेको थियो ।
फिलिपिन्सको झन्डा बोकेको एमटी टेरा नोभा जहाजका १६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको ताइवानी यातायात मन्त्री बाउतिस्ताले बताएका छन् ।
बुधवार ताइवानको पूर्वी तटसँग जेमी ताइफु ठोक्किएको थियो । ताइफुका कारण ताइवानमा तीन जनाको मृत्यु भएको र सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । ताइवानको तटमा पुग्नुअघि यो ताइफुले फिलिपिन्समा ८ जनाको ज्यान लिएको थियो । फिलिपिन्समा ताइफुका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय