मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय
मौद्रिक नीति

विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍यो :  गर्भनर अधिकारी

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक
शुक्रबार, ११ साउन २०८१, १२ : ४१
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।

यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । यस्तै  चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।

भारतमा दाल, चालम लगायतको मूल्य बढ्दा र रुसु युक्रेन युद्ध तथा खाडीमा जारी युद्धका कारण नेपालमा खाद्यान्नको मूल्य बढ्न सक्ने भने जोखिम कायमै रहेको बैंकको भनाइ छ  । यद्यपि चालू वर्षमा सरकारले लिएको लक्ष्य भित्रै मुद्रास्फीति बढ्ने राष्ट्र बैंकको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप