फिल्म ‘लाइफ ड्यामेज’ को शुभमुहूर्त
शुक्रबार, ११ साउन २०८१, १५ : ५९
काठमाडौँ । नेपाली फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्म निमेष श्रेष्ठले निर्देशन गर्न लागेका हुन् ।
फिल्ममा निर्देशक श्रेष्ठ र अभिनेत्री सुरक्षा पन्तको मुख्य अभिनय रहनेछ । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा सुरक्षा र निमेषको अलवा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहने छ । फिल्म निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन् ।
‘अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव फिल्ममा हेर्न पाइने छ’ निर्देशक श्रेष्ठले भने । फिल्ममा प्रवीण खड्काको छायाङ्कन र निमा श्रेष्ठको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण