वैदेशिक रोजगारी : रोजाइमा मलेसिया र खाडी राष्ट्र

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ ।
मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०–८१ मा विदेश जानका लागि कुल सात लाख ४१ हजार दुई सय ९७ वटा श्रम स्वीकृति वितरण गरेको जनाएको छ ।
रहरले भन्दा पनि बाध्यताका कारण मलेसिया र खाडी राष्ट्रमा काम गर्न जानुपर्ने बाध्यताका कारण ती मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या उच्च देखिएको विभागले जनाएको हो ।
वितरण गरिएको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा काम गर्न दिइएको विभागले जनाएको छ ।
मलेसियाका लागि एक लाख तीन हजार चार सय ४२ जना जसमा पुरुष एक लाख एक हजार र महिला दुई हजार चार सय ४२०, साउदीका लागि एक लाख ४१ हजार पाँच सय दुईमध्ये पुरुष एक लाख ४० हजार छ सय ६६ र महिला आठ सय ३६०, यूएईका लागि एक लाख ९३ हजार चार सय ३८ जना जसमा पुरुष एक लाख ६६ हजार चार र महिला २७ हजार चार सय ३४०, कतारका लागि एक लाख ३४ हजार छ सय ६९ जना, जसमा पुरुष एक लाख २३ हजार आठ सय ५४ र महिला १० हजार आठ सय १५०, कुवेतका लागि ४० हजार तीन सय ६८ जसमा पुरुष ३० हजार दुई सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि पाँच हजार नौ सय १० जसमा पुरुष चार हजार छ सय सात र महिला एक हजार तीन सय तीन र बहराइनका लागि नौ हजार आठ सय छ जनामध्ये पुरुष आठ हजार छ सय ५४ र महिला एक
हजार एक सय ५२० श्रम स्वीकृति वितरण गरिएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ ।
विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे नेकपा एसका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण