शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादीलाई कांग्रेसको मत पैँचो छ, मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा

मङ्गलबार, १५ साउन २०८१, १६ : ५१
मङ्गलबार, १५ साउन २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेसपछि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालीन शालिकराम जम्कट्टेललाई मत दिएको बताए ।

विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उनले बताए । पैँचो फिर्ता हुन्छ भन्नेमाआफू विश्वस्त रहेको उनको भनाइ छ ।  विश्वासको मत नदिए ब्याज लाग्ने उनले बताए । 

वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारका मन्त्रीहरूलाई अधिकतम समय हेटौँडामा रहेर काम गर्ने निर्देशित गरेको उनको भनाइ छ ।

संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि सङ्घीय सरकारसँग पहल गर्ने उनले बताए । समस्याका विषयहरूमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलहरूसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप