हुम्लामा ट्र्याक्टर दुर्घटना दुई जना घाइते
बुधबार, १६ साउन २०८१, २१ : ०६
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उनका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रीति सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए । चालक सुनारको घाँटीमा र सहयोगी प्रीतिको ढाड, टाउको र दाहिने हातमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प
-
सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)
-
९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल
-
मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?
-
वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा
-
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै