बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
पेरिस ओलम्पिक

एक महत्त्वाकाङ्क्षी खेलाडीको सङ्घर्षको कथा

जसले ओलम्पिकको चौथो सहभागितामा आफ्नो सपना साकार पारिन्
बिहीबार, १७ साउन २०८१, १४ : ५३
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । बलियो आत्मविश्वास र निरन्तरको अथक प्रयास एउटा सफल खेलाडीको सबैभन्दा ठुलो विशेषता हो । हाल फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा पनि एक खेलाडीले यस्तै गतिलो उदाहरण प्रस्तुत गरेकी छन् । 

जेसिका फक्स अस्ट्रेलियाकी क्यानोइङ खेलाडी हुन् । रमाइलो संयोग के हो भने, फ्रान्स नै उनको जन्मभूमि हो । ३० वर्षीया जेसिका अहिले आफ्नो कर्मभूमिका लागि पदक जित्न जन्मभूमिमा आएकी छन् ।

जेसिकाले सन् २०१२ मा सम्पन्न लन्डन ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन् । त्यतिबेला उनको उमेर केवल १८ वर्ष थियो । त्यतिबेला उनलाई स्वर्ण पदकको बलियो दाबेदारका रूपमा हेरिएको थियो । 

तर, पहिलो ओलम्पिक सहभागितामा उनले के–१ स्पर्धामा रजत पदकमा चित्त बुझाउनु प¥यो । पहिलो सहभागितामा स्वर्णको स्वाद चाख्न नपाएकी जेसिकाले हरेस खाइनन् । उनी थप लगनका साथ अर्को ओलम्पिकको तयारीमा जुटिन् । 

त्यसको चार वर्षपछि सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा गृष्मकालीन ओलम्पिकको अर्को संस्करण आयोजना भयो । २२ वर्षको उमेरमा जेसिका स्वर्ण चुम्ने लालसासहित रियो ओलम्पिकमा पनि सहभागी भइन् ।

दुर्भाग्य, यसपटक पनि स्वर्णको स्वाद चाख्ने उनको चाहना पूरा हुन सकेन । रियो ओलम्पिकको के–१ स्पर्धामै उनी कांस्य पदकमा खुम्चिन पुगिन् । अर्थात्, रियोमा उनको प्रदर्शन अघिल्लो ओलम्पिकको भन्दा पनि निराशाजनक रह्यो । 

‘निरन्तरको असफलतापछि लाग्थ्यो ओलम्पिकमा स्वर्ण जित्ने मेरो सपना कहिल्यै पूरा हुने छैन । मेरा शुभचिन्तकले पनि सायद यस्तै सोच्न थालेका थिए । तर, मैले हिम्मत हारिनँ । बलियो आत्मविश्वास र निरन्तरको प्रयासपछि मैले आफ्नो सपना साकार पारेरै छाडेँ ।’

फेरि पनि उनले हिम्मत हारिनन् । चार वर्षपछि हुने अर्को ओलम्पिकको तयारीमा जुटिन् । निरन्तर प्रयास जारी राखिन् । त्यसपछिको ओलम्पिक जापानको टोकियोमा आयोजना भयो । त्यसमा पनि उनी सहभागी भइन् ।

अन्ततः टोकियो ओलम्पिकमा उनले सी–१ स्पर्धाको स्वर्ण पदक चुमिन् । ओलम्पिकमा स्वर्ण त चुमिन् तर, उनले पहिलो लक्ष्य बनाउँदै आएको के–१ स्पर्धामा भने यसपटक पनि स्वर्ण पदक जित्न सकिनन् । 

1e5d58330b4f22060f3cc549f858dd3411c8a0d5

सी–१ स्पर्धामा स्वर्ण पदक जिते पनि उनको भोक मेटिएन । उनी कुनै पनि हालतमा ओलम्पिकको के–१ स्पर्धामै स्वर्ण पदक कुम्ल्याउन चाहन्थिन् । त्यसैले उनले चार वर्षपछि आयोजना हुने अर्को ओलम्पिकमा के–१ स्पर्धामै स्वर्ण जित्ने लक्ष्य बनाइन् । 

यसका लागि उनी निरन्तर चार वर्षसम्म आफ्नो लक्ष्य प्राप्तिमा एकोहोरिइन् । उनको एउटै लक्ष्य थियो, के–१ स्पर्धामा स्वर्ण पदक जितेर आफ्ना आलोचकहरूको मुखमा बुजो्चो लगाउने । अहिले उनी पेरिस ओलम्पिकमा चर्चाको शिखरमा छिन् । 

उनले पेरिस ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितिसकेकी छन् । उनले पेरिस ओलम्पिकको सी–१ र के–१ स्पर्धामा स्वर्ण पदक जितेर आफ्नो अभूतपूर्व क्षमताको परिचय दिएकी हुन् । के–१ स्पर्धामा स्वर्ण जित्दा उनलाई संसारकै सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको भान भयो रे । सायद, त्यसैले उनी भावविह्वल भइन् र आँखाबाट आँसुको धारा बगाइन् ।  

Jessica Fox

‘निरन्तरको असफलतापछि लाग्थ्यो ओलम्पिकमा स्वर्ण जित्ने मेरो सपना कहिल्यै पूरा हुने छैन । मेरा शुभचिन्तकले पनि सायद यस्तै सोच्न थालेका थिए । तर, मैले हिम्मत हारिनँ । बलियो आत्मविश्वास र निरन्तरको प्रयासपछि मैले आफ्नो सपना साकार पारेरै छाडेँ,’ पेरिसमा दोस्रो स्वर्ण पदक जितेपछि उनले भनेकी छन् । 

जेसिका ओलम्पिक खेलकुदको एउटै संस्करणमा क्यानोइङको दुईवटा स्पर्धामा स्वर्ण पदक जित्ने इतिहासकै एकमात्र खेलाडी पनि बनेकी छन् । त्यसैले उनको नाम इतिहासमा सुनौलो अक्षरले कोरिएको छ । यी महत्त्वाकाङ्क्षी खेलाडीले आफ्नो समयका प्रभावशाली पौडीबाज ईयान थोर्प र लिसेल जोन्स, साइक्लिङ खेलाडी अन्ना मेरेस र चर्चित धाविका शार्ली स्ट्रिकल्यान्डको उपलब्धिलाई पनि ओझेलमा पारेकी छन् ।

सी–१ स्पर्धामा उनले जर्मनीकी खेलाडी एलेना लिलिकलाई पछि पारेकी थिइन् । के–१ स्पर्धामा भने उनले पोल्यान्डकी प्रतिद्वन्द्वी क्लाउडिया जोलिन्स्कालाई पछि पारिन् । उनी ओलम्पिक खेलकुदको एउटै संस्करणमा क्यानोइङको दुई स्पर्धामा स्वर्ण पदक जित्ने इतिहासकै एकमात्र खेलाडी हुन् । त्यसैले उनको नाम इतिहासमा सुनौलो अक्षरले कोरिएको छ । 

ओलम्पिक खेलकुदमा उनले जितेको पदक सङ्ख्या पनि ६ पुगेको छ । उनले ओलम्पिकमा हालसम्म तीन स्वर्ण, एक रजत र दुई कांस्य पदक जितिसकेकी छन् । यो उपलब्धिसँगै उनी अस्ट्रेलियाको ओलम्पिक इतिहासमा पनि सर्वाधिक सफल खेलाडी बन्न पुगेकी छन् । 

यी महत्त्वाकाङ्क्षी खेलाडीले आफ्नो समयका प्रभावशाली अस्ट्रेलियन पौडीबाज ईयान थोर्प र लिसेल जोन्स, साइक्लिङ खेलाडी अन्ना मेरेस र चर्चित धाविका शार्ली स्ट्रिकल्यान्डलाई पनि पछि पारेकी छन् । ‘सायद म सपना पो देख्दैछु कि !’ आफ्नै उपलब्धिमाथि विश्वास गर्न कठिन भएपछि जेसिकाले भनेकी छन् ।

2e7c8830-4f61-11ef-a396-1b4300a00f83

‘तपाईंको सफलताको रहस्य के हो नि ?’ सञ्चारकर्मीको प्रश्नको जवाफमा उनी भन्छिन्, ‘रगत, पसिना र आँसुको सम्मिश्रण हो आज मैले जितेको पदक । यो एउटा पदकका लागि मैले निरन्तर १२ वर्षसम्म आफ्नो रगत, पसिना र आँसु बगाएकी छु । सायद, आफ्नो संघर्षलाई म शब्दमा बयान गर्न सक्दिन ।’

जेसिकाका पिता पनि क्यानोइङका कुशल खेलाडी थिए । उनले बेलायतको तर्फबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । उनका पिता रिचर्डले बेलायतका लागि के–१ स्पर्धामा विश्व च्याम्पियनसिपको उपाधि पनि जितेका थिए ।

जेसिकाकी आमा मारियमले भने ओलम्पिकमै के–१ स्पर्धाको स्वर्ण पदक जितेकी थिइन् । तर, जेसिकाकी आमाले फ्रान्सका लागि ओलम्पिकमा स्वर्ण जितेकी हुन् । सायद, त्यसैले जेसिकामा पनि के–१ स्पर्धाप्रति यतिधेरै मोह बसेको थियो ।

पेरिस ओलम्पिकमा उनको अझै एक स्पर्धा बाँकी नै छ । महिला कायक क्रस स्पर्धामा उनले शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् । त्यो स्पर्धामा पनि स्वर्ण जितेमा उनले अर्को इतिहास रच्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप

छुटाउनुभयो कि ?