सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से परिसूचक ५.२९ अंकले घट्यो, कति भयो कारोबार ?

बिहीबार, १७ साउन २०८१, १७ : ३०
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । 

नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन नेप्से घटेपनि ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसहितका ५ कम्पनीको सेयर १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार हुँदा ७ वटा उपसूचक राताम्मे भयो । यस्तै ६ वटा उपसूचक भने धनात्मक बन्यो । 

अघिल्लो दिन अर्थात बुधबार ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप