बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण

सोमबार, २१ साउन २०८१, १२ : ०३
सोमबार, २१ साउन २०८१

काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो ।  

गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।

सरकारी पछिल्लो तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमण फैलिएपनि डेंगुका कारणले हालसम्म कसैको पनि  निधन भएको छैन ।

डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप