बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

विस्फोटमा परी पुणेमा एक नेपाली कामदारको मृत्यु

सोमबार, २१ साउन २०८१, १३ : ०८
सोमबार, २१ साउन २०८१

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा एक जना नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोटमा परेर २२ वर्षीय नेपाली युवकको जलेर मृत्यु भएको बताइएको छ । 

ती युवकको नाम अजय कुमार बजरंगी प्रसाद मौर्य भएको प्रहरीले बताएको छ । उनी कारखाना परिसरमै बस्थे ।

बिहीबार मौर्यले खाना पकाउन स्टोभ (चुल्हो) बाल्न केही केमिकल प्रयोग गरेका थिए । तर केमिकल पड्किएर उनको शरीर निकै जल्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याएर शल्यक्रिया गरिएको भए पनि शनिबार जलेको घाउकै कारण उनको निधन भएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?