सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेस प्रदेश ०१-००१ ख ०४४९ नम्बरको ट्रकले स. ८ प ९२२३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय उत्तम ढकालको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका-१० जमुवास्थित सडकमा स.२ प १७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पशुपति कान्त मण्डलको छोरा १८ वर्षीय ध्रुव मण्डलको सोमबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा चोकस्थित सडकमा बा.२० च ८७४२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय विष्णु बहादुर खड्काको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ईभरग्रिन तराई हस्पिटल सिमरा हुँदै बयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’