शेख हसिनालाई बेलायतले शरण नदिने

लन्डन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ । बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो ।
बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएपछि हसिना अहिले दिल्लीमा छिन् ।
शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ ।
'आवश्यकता परेकालाई शरण दिएको बेलायतको तगडा रेकर्ड छ । तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन,’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन् । अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ ।
औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको हल्ला पनि सुन्नमा आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलाउनु हुँदैन संविधानका चार खुट्टा
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति