थाई अदालतद्वारा गत वर्ष निर्वाचन जितेको पार्टी विघटन

बैंकक । थाइल्यान्डको एउटा अदालतले गएको वर्ष निर्वाचनमा अधिकांश सिट जितेको सुधारवादी पार्टी विघटन गर्न आदेश दिएको छ । सबैभन्दा धेरै सिट जितेको अनि सबैभन्दा धेरै मत पाएको भएपनि मुभ फर्वार्डलाई सरकार गठन गर्नबाट रोकिएको थियो ।
संवैधानिक अदालतको यस फैसलामा पार्टीका चमत्कारी पूर्व नेता पिता लिम्जारोएन्रातसमेत अन्य ११ शीर्ष नेतालाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । चुनावी अभियानमा सो दलले शाही परिवारको मानमर्दनसम्बन्धी कानुन परिवर्तन गर्ने वाचा गरेको थियो ।
दलको सो वाचा असंवैधानिक भएको जनवरीमै संवैधानिक अदालतले ठहर गरेको थियो । त्यतिबेला देखि नै पार्टी विघटन गराइने अनुमान बढेको थियो । प्रतिबन्धमा नपरेका पार्टीका अरु १४२ जना सांसदहरूले अब दर्ता भएका अन्य पार्टीमा आबद्ध भएर संसदमा प्रमुख प्रतिपक्षको आफ्नो भूमिकालाई जारी राख्ने आशा गरिएको छ ।
यस अघि सन् २०२० मा पनि थाइल्यान्डमा त्यतिबेलाको निर्वाचनमा राम्रो प्रदर्शन गरेको फ्युचर फर्वार्ड दललाई विघटन गरेको थियो । त्यतिबेला सो दलका सांसदहरू मूभ फर्वार्ड पार्टीमा आएका थिए । अदालतको सो निर्णयको विरुद्धमा सडकमा व्यापक विरोध प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ