पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी
काठमाडौँ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी छ। पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो। रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो।
सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्। उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्।
रास्वपाले सहरीकरणका लागि सुदूरपश्चिममा दीपक बोहरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र विनीता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ।
प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ शुक्रबार सकियो भने कोशीमा आजबाट हुँदै छ। कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन्।
कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, सङ्गठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ। रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ।
‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ’ सहप्रवक्ता प्रतिभा रावलले भनिन्– ‘राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेका हौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा पेजर विस्फोटको कारण के हो ?
-
रवि लक्षित शंकरको टिप्पणी : वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?
-
एभरेष्ट महिला भलिबल लिग : ट्यालेन्ट हन्टमार्फत खेलाडी छान्दै चितवन शक्ति
-
मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने
-
सुदूरपश्चिम प्रदेश : खगराज समूह बैठकमा जान छोडेपछि प्रतिपक्षको भूमिका नै फितलो
-
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा