बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

शनिबार यी नदीहरूमा बाढीको जोखिम

शनिबार, २६ साउन २०८१, १० : १६
शनिबार, २६ साउन २०८१

काठमाडौँ ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ ।

त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, कालिकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?