आइतबार, २३ भदौ २०८१
ताजा लोकप्रिय

पारो फुटबल क्लब एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौँमा

शनिबार, २६ साउन २०८१, ११ : ५३
शनिबार, २६ साउन २०८१

काठमाडौँ । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्र्याएको छ । 

होन्डाले तीन पटक विव कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको उनको बुझाई छ ।  होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लबले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।  

तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताए ।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो । यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ । खेल मंगलवार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप