‘लक्ष्य’ फ्लप भएपछि डिप्रेसनमा पुगेका थिए फरहान
मुम्बई । बलिउड अभिनेता-निर्देशक फरहान अख्तरले हालै फिल्म ‘लक्ष्य’ फ्लप भएपछि आफू डिप्रेसनमा गएको खुलासा गरेका छन् । यसबाट बाहिर निस्कन उनलाई करिब डेढ वर्ष लाग्यो । फरहानका अनुसार उनलाई बाल्यकालदेखि नै कडा परिश्रमको फल मिल्छ भन्ने सिकाइएको थियो । त्यही अनुसार यो फिल्मले राम्रो प्रदर्शन गर्छ भन्ने उनले सोचेका थिए । तर, त्यो हुन सकेन ।
फिल्म लक्ष्य फरहानले निर्देशन गरेका थिए। फिल्ममा ऋतिक रोशन र प्रीति जिन्टा मुख्य भूमिकामा थिए । राज शामानीलाई दिएको एक अन्तर्वार्तामा फरहानले आफ्नो पहिलो फ्लप फिल्मको अनुभव सेयर गरेका थिए । आफ्नो पहिलो फिल्म ‘दिल चाहता है’ को सफलतापछि आफूले लक्ष्य बनाएको बताए ।
उनका अनुसार पहिलो फिल्ममा उनले धेरै मेहनत गरेका थिएनन् । तर लक्ष्य फिल्म निर्माण गर्ने क्रममा आफूले कडा मेहनत गरे पनि चलचित्र फ्लप भएको उनको जिकिर थियो । उनले भने, ‘हामीले सानैदेखि सुन्दै आएका छौँ– मन लगाएर परिश्रम गर्यौ भने प्रतिफल अवश्य मिल्छ । तर, फिल्ममा जति मिहिनेत गरेका थियौँ, त्यो अनुसार चलेन । दुर्भाग्यवश यो फिल्म बक्स अफिसमा सफल भएन ।’
फरहानले फिल्म असफल भएपछि आफू डिप्रेसनमा गएको बताए । उनले भने, ‘जब यो फिल्म रिलिज भयो र राम्रो कमाइ गर्न सकेन, म दुःखी भएँ । यो कसरी हुन सक्छ भनेर सोच्न थालेँ। मैले धेरै मेहनत गरेको थिएँ । म यसबाट यति विचलित भएँ कि म डिप्रेसनमा गएँ । यसबाट बाहिर निस्कन मलाई डेढ वर्ष लाग्यो।’
कुराकानीका क्रममा फरहानले आगामी फिल्म डन ३ को बारेमा पनि कुरा गरे । उनले यो फिल्मको लागि आफू उत्सुक रहेको बताए । यस फिल्ममा रणवीर सिंह र कियारा आडवाणी मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग
-
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको निर्देशन
-
सिटी एक्सप्रेसको २०८१ सालको दसैँ तिहार योजना सार्वजनिक
-
नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो
-
घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त सकिने