सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार

शनिबार, २६ साउन २०८१, १५ : २८
शनिबार, २६ साउन २०८१

काठमाडौँ । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।

maitighar-mahila (1)

२ वर्षसम्म लिभ(इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले   विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । 

maitighar-mahila (2)

यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गर्दै पोल चढेकी आरती रावललाई  पनि प्रहरीले उद्धार गरेको थियो ।

maitighar-mahila (3)maitighar-mahila (4)maitighar-mahila (5)maitighar-mahila (6)maitighar-mahila (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप