जापान : सपना संघर्ष र सफलता लोकार्पण
काठमाडौँ । जापानी भाषाका अनुवादक जिज्ञान कुमार थापाको गैरआख्यान्तमक पुस्तक जापान: सपना संघर्ष र सफलता काठमाडौँमा शनिवार लोकार्पण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञान कुमार थापाले किताब संयुक्त रूपमा विमोचन गरेका थिए ।
किताब समय सान्दर्भिक भएको युताकाले बताए । किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरूले नेपालको र नेपालीहरूले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपालको जापानबिचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ, उनले भने, पछिल्लो समय जापानमा नेपालीको सङ्ख्या बढिरहेको छ । त्यहाँ बस्नेहरू खुसी छन् भन्ने लाग्छ । जापानमा युवा जनशक्तिको खाँचो छ । त्यो सङ्ख्या उपलब्ध गराएकोमा हामी नेपालप्रति आभारी छौँ ।
त्यसै गरी जापानका लागि पूर्व नेपाली राजदूत मदनकुमार भट्टराईले जापानको सभ्यता, प्राकृतिक सौन्दर्य र जापानीहरूको मृदुभाषी बानीले लोभ्याउने गरेको र त्यो कुरा किताबमा आएको बताए । राजदूतको रूपमा पहिलोपटक उता पुग्दा जापानको सभ्यता, प्राकृतिक वातावरण र जापानका मृदुभाषी जनताले मलाई खुबै लोभ्यायो, उनले भने, ‘जापानको सपना संघर्ष र सफलताले यसलाई समेटेको छ ।’
लेखक जिज्ञान कुमार थापाले जापानमा बसेर लामो समय दोभासेको काम गरेको अनुभव सुनाए । उनले भने, यो किताब जापान जान चाहनेलाई समर्पित छ । मैले हासिल गरेको ज्ञान, अनुभव पस्किएको छु किताबमा । जापान जान चाहनेका लागि यो पुस्तकले त्यहाँको समाज र संघर्षलाई कसरी आत्मसाथ गर्न सकिन्छ र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्न सघाउने छ ।
लेखक शैलेन्द्र अधिकारीले किताबमाथि टिप्पणी गर्दै भने, ‘भर्खरै जापान पुगेका, जापान जान लागेका, जापान जान सपना देखेका र जापानबारेमा जान्न चाहने सबैका लागि यो एक बहुउपयोगी पुस्तक हो । पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरूले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयहरूलाई मिहिन ढङ्गले व्याख्या र विश्लेषण गरेको छ ।’
जापान: सपना संघर्ष र सफलता लाई चक डस्टर प्रकाशन गृहले बजारमा ल्याएको हो । किताबको मूल्य ५ सय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
-
उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
कन्टिन्जेन्सी खर्च गर्न नपाउने व्यवस्थाले विकासे अड्डामा खैलाबैला, चालु खर्च बढ्ने