बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी, गिरीबन्धु तथा डेडिकेटेड र ट्रंकबारे सरकारले स्पष्ट पार्नुपर्छ : गगन थापा

मङ्गलबार, २९ साउन २०८१, १५ : ३१
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण तथा डेडिकेटेड र ट्रंक लाइनका विषयमा सरकारलाई सदनमा स्पष्ट पार्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए । उनले उठेका ती विषयहरु जहाँ जे अवस्थामा छन्, त्यहीँबाट काम अघि बढाउन पनि भनेका छन् ।

‘भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्ने होइन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण तथा डेडिकेटेड र ट्रंक लाइनका विषयबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ थापाले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च अदालतको आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसका लागि कारबाही तुरुन्त थालेर जग्गा फिर्ता ल्याउनुप¥यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?