अस्ट्रेलियालाई विश्वकप जिताउने ब्याटलाई आराम दिए मार्नस लाबुशेनले, भारतीय समर्थकको रमाइलो प्रतिक्रिया
काठमाडौँ । अस्ट्रेलियालाई सन् २०२३ को एकदिवसीय विश्वकपको उपाधि चुमाउन चर्चित क्रिकेटर मार्नस लाबुशेनले महत्वपूर्ण योगदान गरेका थिए । त्यो विश्वकपको फाइनलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराएको थियो ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियालाई जित दिलाउन ट्राभिस हेड र लाबुशेनले एक सय ९२ रनको साझेदारी गरेका थिए । हेडले एक सय ३७ र लाबुशेनले अविजित ५८ रन बनाएका थिए । त्यो विश्वकपको फाइनलमा लाबुशेनले जुन ब्याटले खेलेका थिए त्यो ब्याट्सलाई अहिले आएर उनले ‘रिटायर’ गरेका छन् ।
लाबुशेनले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मा आफूले भारतविरुद्धको फाइनल खेलेको ब्याटको दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । आफ्नो पोष्टमा उनले ब्याटको अवस्था निकै खराब भएकाले त्यसलाई ‘रिटायर’ गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा पोष्ट गरेको ब्याट निकै खराब स्थितिमा देखिन्छ । ‘मेरो विचारमा अस्ट्रेलियालाई विश्वकप जिताउने यो ब्याटलाई आराम दिने समय आइसकेको छ,’ आफ्नो पोष्टमा उनले भनेका छन् ।
उनले आफ्नो पुरानो ब्याटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि थुप्रै क्रिकेटप्रेमीले त्यसमा मिश्रित प्रतिक्रिया दिएका छन् । केही समर्थकले लाबुशेनको भावुक पोष्टको प्रशंसा गरेका छन् । केही भारतीय समर्थकले भने लाबुशेन र उनको त्यो ब्याटलाई मजाक पनि गरेका छन् ।
एक भारतीय समर्थकले ठट्यौली पारामा यस्तो प्रतिक्रिया दिएका छन्, ‘मार्नस, हामीलाई त्यो क्षणलाई बिर्सन चाहन्छौँ । त्यसैले त्यो पाली र यो ब्याट दुबैदेखि हामीलाई घृणा छ । तपाईँ इङ्ल्यान्डविरुद्ध राम्रो खेल्नु हुन्छ । त्यसमा हामीलाई केही भन्नु छैन । तर, भारतविरुद्ध त्यो पनि फाइनलमा किन यस्तो राम्रो खेलेको छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले एक वर्षसम्म पनि पाएनन् मुआब्जा
-
बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति
-
नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाका मेजर जनरल
-
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
-
सीपमूलक शिक्षा दिन सके मात्र युवालाई स्वदेशमा रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
-
हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो छ एक्जिट पोलको परिणाम