बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय

सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रेष्ठसँग संसदीय विशेष समितिले लियो बयान

बुधबार, ३० साउन २०८१, २२ : ३०
बुधबार, ३० साउन २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक सहकारी सञ्चालकसँग बयान लिएको छ । बुधवार बसेको समितिको बैठकमा बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धि बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठसँग बयान लिइएको हो । 

विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत दुरुपयोगमा संलग्न रहेको आरोप खेपिरहेका श्रेष्ठलाई कास्की कारागार कार्यालयबाट बोलाएर बयान लिइएको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप