‘इमर्जेन्सी’पछि कङ्गनाले छाड्लिन् अभिनय ?
नयाँ दिल्ली । कङ्गना रनौत राजनीतिमा प्रवेश गरेपछि बलिउडमा उनको भविष्यबारे अनेकौँ अड्कलबाजी चलिरहेको छ । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी कङ्गनाले यी अफवाहहरूलाई सम्बोधन गर्दै शोबिजमा आफ्नो आगामी पाइला तय गर्ने कुरालाई दर्शकहरूको जिम्मामा छोडेकी छिन् ।
मण्डी संसदीय क्षेत्रबाट बीजेपी उम्मेदवारको रूपमा यस वर्षको लोकसभा चुनाव जितेकी कङ्गना छिटै आगामी फिल्म इमर्जेन्सीमा देखिँदै छिन् ।राजनीतिमा अगाडि बढेसँगै अभिनेत्री अभिनयबाट टाढिने हो कि भन्ने चिन्ता उनको फ्यानहरूलाई छ । यस्तोमा इमर्जेन्सीको ट्रेलर लन्च कार्यक्रममा कङ्गनाले यी चिन्ताहरूलाई सम्बोधन गरेकी छिन् ।
‘अभिनयलाई जारी राख्ने कि नराख्ने भन्ने निर्णय जनताले गरुन् भन्ने चाहन्छु ।’ उनले आफूलाई कहिल्यै नेता घोषणा नगरेको अनि चुनावमा समर्थन गर्नु जनताको रोजाई भएको पनि उनले बताइन् ।
यसरी नै इमर्जेन्सी सफल भयो र दर्शकहरूले आफूबाट अरू धेरै चाहे र सफलता मिल्यो भने अभिनयलाई निरन्तरता दिने पनि उनले बताइन् । सफलता मिलेन र राजनीतिले थप अवसरहरू दियो भने आफूले सोही अनुसार गर्ने पनि उनले बताइन् । ‘म त्यहीँ जान्छु जहाँ मेरो आवश्यकता हुने र मलाई महत्त्व दिइनेछ ।’ अभिनेत्रीले भनेकी छिन् ।
‘इमर्जेन्सी’मा कङ्गना दिवङ्गत भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदै छिन् । कङ्गनाको चुनावी अभियानका कारण फिल्मको रिलिज मिति सारिएको थियो । अब भने फिल्म यही सेप्टेम्बर ६ मा रिलिज हुने भएको छ । कङ्गनाले निर्देशन गरेको यस फिल्ममा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपदे, विशाक नायर र स्वर्गीय सतीश कौशिकलगायत कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा एक युवकको शव फेला
-
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
-
विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक : अध्यक्ष दाहाल
-
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने
-
नेपालीको भान्सामा सबैभन्दा धेरै के–केमा हुन्छ खर्च ?
-
बाढीले दुई करोडको तरकारी बाली क्षति