प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति र बजेट कार्यान्वयनबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षकाे बजेट र कार्यक्रम कार्यान्वयनका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्यमुख्य कामबारे सरोकारवालासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबारको छलफलमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा मन्त्रालयका सचिवहरूले योजना पेस गरेका छन् ।
प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबिच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, एक हजार ६ सय माइलस्टोन निर्धारण भएका मध्ये ४२ प्रतिशत र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको बताए ।
किसानको मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाइबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ । बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अप्राप्यता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख छ ।
समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ ।
आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि साउन १५ गते प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा अध्यक्ष दाहालको आइपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट
-
चर्को आलोचनाबिच दानको जग्गामा पार्टी कार्यालय बनाएरै छाड्ने एमाले अडान
-
महानगरपालिकाले गुण्डागर्दी शैलीमा गौशाला धर्मशाला कब्जा गरेको भन्दै आपत्ति
-
बच्चाका लागि नशा भन्दा कम हुन्न यो कुरा
-
सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
-
चिसो मौसममा भुईँकटर खान हुन्छ ?