सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

रुसको कुर्स्क क्षेत्रको घुसपैठमा युक्रेनले बेलायती हतियार चलाउन सक्ने

बिहीबार, ३१ साउन २०८१, १५ : ३३
बिहीबार, ३१ साउन २०८१

लन्डन । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठमा बेलायती हातहतियारको प्रयोग गर्न सक्ने बेलायतले बताएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार युक्रेनसँग उसको आत्मरक्षाका लागि बेलायतले दान दिएको हतियार प्रयोग गर्ने स्पष्ट अधिकार छ ।

यो कुरा रुसको सीमाभित्र घुसपैठमा पनि लागू हुने बताइएको छ । हतियार दिने बेलामै आफूहरूले हतियारलाई अन्तर्राष्ट्रिय कानुनअनुसार प्रयोग गर्न सकिन्छ भनेर स्पष्ट पारिसकेको मन्त्रालयका एक प्रवक्ताले भनेका छन् ।

बेलायतले युक्रेनलाई दिएको लामो दूरीको स्ट्रोम स्याडो मिसाइबाहेक सबै हतियारलाई रुसी भूमिमा प्रयोग गर्न सक्ने भनेर यस अघि नै बेलायतका पूर्व रक्षामन्त्री सर बेन वालेसले भनेका थिए । 

आफ्नो सेना छिरेको ठाउँमा सर्वसाधारणहरूलाई बाहिर निस्किन मानवीय बाटो बनाइने पनि युक्रेनले बताएको छ । रुसले भने आफूले युक्रेनी सेनालाई पछाडि धकेलिरहेको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप