बलात्कार तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, ३१ साउन २०८१, १७ : ४१
काठमाडौँ । बलात्कार तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३४ वर्षीय दीपककुमार बस्नेत उर्फ पारस छन् ।
उनीबिरुद्ध अदालतले १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
प्रतिवादीले पीडित महिलालाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेर भारतमा बेच्ने प्रयास गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडित महिलालाई भारततर्फ बेच्न लैजाँदै गरेको भेटेपछि साना हात नेपाल नामको सामाजिक संस्थाले उनको उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
-
च्याम्पियन्स लिग फुटबल : एन्जलको नाममा लेखियो नचाहेको कीर्तिमान
-
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
-
गोकुलको व्यङ्ग्य : चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो
-
कांग्रेस महामन्त्रीको प्रश्न : ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
-
बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ